निर्णायक वार्ताका लागि प्रधानमन्त्री देउवा बालकोट जाँदै

काठमाडौं । प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट जाँदै हुनुहुन्छ ।

शुक्रबार साँझमात्र बालकोटमा एमाले अध्यक्ष ओलीसँग घण्टौँ बातचित गरेर फर्किनु भएका प्रधानमन्त्री देउवा पुनः वार्ताका लागि बालकोट जान लाग्नु भएको जनाइएको छ।

प्रधानमन्त्री देउवा बालकोट पुग्नुअघि कांग्रेस–एमालेबीचका दोस्रो तहका नेताहरुबीच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्री देउवा सहितको टोली बालकोट पुगेर आज बैठकलाई निष्कर्ष पुर्याइने बताइएको छ ।

आजको बैठकले एमाले र कांग्रेसको आगामी सहकार्यका लागि लिखित सम्झौता नै गरेर अघि बढ्ने तय भएको पनि बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *