बालकोट बैठक : ओली स्पष्ट अडानमा,देउवा चालबाजीमा

काठमाडौं । प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली बीचको वार्ता निष्कर्षबिहिन भएको छ। अध्यक्ष ओलीको निजि निवास बालकोटमा भएको वार्तामा विगतझै प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी सबैको सहमतिमा अनुमोदन गर्न प्रस्ताव गर्नुभएको थियो।

तर एमाले अध्यक्ष ओलीले आफ्नो पार्टिको पुरानै अडान दोहोर्याउनु भएको थियो। अहिलेको अवस्थामा संसदमा आएर आफ्नो धारणा राख्ने वातावरण नभएको उहाँले बताउनु भएको छलफलमा सहभागी सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनु भयो । आजको छलफल निष्कर्षबिहिन भएपनि वार्ता जारी राख्ने सहमति भएको उहाँले जनाउनु भएको छ। एमसिसी अनुमोदन छलफलका लागि आउने आइतबार प्रतिनिधिसभा बैठक बस्दैछ। उक्त बैठक अघि नै पारित गराउने आधार तयार गर्नु प्रधानमन्त्री देउवालाई प्रेसर रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *