प्रधानमन्त्री देउवा निर्णायक वार्ताका लागि ओली निवास बालकोटमा

काठमाडौँ — एमसीसीलाई लिएर उत्पन्न राजनीतिक विवादबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष ओलीको निजी निवास बालकोटमा पुग्नु भएको छ ।

उहाँसँगै सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि सहभागी हुनुहुन्छ।
स्रोतका अनुसार नेपाली कांग्रेसका अन्य नेताहरू पनि बालकोट जाँदै गरेको बताएको छ । संसदबाट एमसीसी पास गर्ने विषयमा सहमतिका लागि छलफल गर्न प्रधानमन्त्री देउवा बालकोट पुग्नु भएको हो। यो बैठकलाई विशेष चासोका साथ हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *