प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीचको भेटवार्ता सकियो : यस्ता छन् भेटघाटमा भएका छलफल

काठमाडौं ! आज साँझ प्रधानमन्त्री शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास वालुवटारमा भेटवार्ता भएको छ ।
स्रोतका अनुसार भेटका क्रममा प्रधानमन्त्री देउवाले एमाले समक्ष सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनमा सहयोगका लागि आग्रह गर्नुभएको छ ।

सो क्रममा अध्यक्ष ओलीले आफ्नो पार्टीले विगत ६ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः स्पष्ट पार्नुभएको छ ।
भेटवार्तामा एमाले अध्यक्ष ओलीका साथै एमालेका तर्फबाट बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *