एमाले अध्यक्ष ओली बालुवाटारमा : प्रधानमन्त्री देउवासंँगको विशेष भेटवार्ता जारी

काठमाडौं ! पुर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्न बालुवाटार पुग्नुभएको छ।

स्रोतका अनुसार अध्यक्ष ओली केही समयअघि बालुवाटार पुग्नुभएको हो।

सत्ता गठबन्धनमा एमसिसी लगायतका बिसयमा फरक मतहरु आइरहेको र एमसिसी संसदमा टेबुल भएको यो परिस्थितिमा यो भेटलाई विशेष चासोका साथ हेरिएको छ।

प्रधानमन्त्री देउवापनि गत साता पत्नी आरजु देउवा राणासग अध्यक्ष ओलीलाई भेट्न बालकोट जानुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *