बालुवाटार सत्ता गठबन्धनको बैठक सकारात्मक हुन नसकेपछि प्रधानमन्त्री देउवा बालकोटमा

काठमाडौँ ! सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकमा दलहरु आ–आफ्नै अडानमा रहेपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नुभएको छ।

एमसिसी संसदमा टेबल गर्ने विषयमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपासँग कुरा मिल्न नसकेपछि कांग्रेस सभापतिसमेत रहेका देउवा बैठकबाट उठेर सिधै अध्यक्ष ओलीसँग कुरा गर्न बालकोट पुग्नुभएको हो। सत्ता गठबन्धनको बैठकमा दलहरुले आ–आफ्नै अडान व्यक्त गरेका छन्। नेताहरुका अनुसार देउवाले एमसिसी पारित गर्न गरेको आग्रहमा माओवादी र समाजवादीले पुरानै अडान दोहोर्‍याएका छन्। प्रचण्ड र माधव नेपालको दोहोरो चरित्रका कारण प्रधानमन्त्री देउवा गठबन्धन तोड्नलाई बाटोहरु तय गर्दै हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *