नेपाल भारतबीच विभिन्न चार सम्झौतामा हस्ताक्षर

नयाँ दिल्ली : नेपाल भारतबीच विभिन्न चार सम्झौतामा हस्ताक्षर भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्रीको उपस्थितिमा हैदरवाद हाउसमा शनिबार आयोजित समारोहमा नेपाल भारतबीच चार सम्झौतामा हस्ताक्षर भएको हो।

नेपाल भारतबीच रेल्वे सम्बन्धी प्राविधिक सहयोग, अन्तर्राष्ट्रिय सोलार एलाइन्स, पेट्रोलियम पदार्थको सहज आपूर्ति र नेपाल आयाल निगम र भारतीय आयल कर्पोरेसनबीच प्राविधिक विज्ञता आदन प्रदान सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।

नेपाल र भारतका सम्बन्धित मन्त्रालयका अधिकारीहरुले चार फरक-फरक सम्झौतमा हस्ताक्षर गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *