पुर्व प्रधानमन्त्री ओलीको सपना पूरा : जनकपुर–जयनगर रेल सेवाको औपचारिक उद्घाटन

नयाँदिल्ली  । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमनत्री नरेन्द्र मोदीले जनकपुर–जयनगर रेल सेवाको औपचारिक उद्घाटन गर्नुभएको छ ।

भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री देउवा र मोदीले आज  नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रुपमास्वीच थिचेर रेल सेवाको उद्घाटन गर्नुभएको हो। अन्तरदेशीय रेलवेका दुवै पुर्व प्रधानमन्त्रीले हरियो झन्डा समेत फहराउनु भएको थियो । भर्चअल माध्यमबाट भएको सो उद्घान लगत्तै भारतको जयनगरबाट नेपालको रेल जनकपुरका लागि  गुडेको छ ।

नेपालले भारतसँग आफ्नै रेल किनेपछि वर्षदिनभन्दा बढी समय थन्किएको थियो । अब औपचारिक उद्घाटन भएसँगै आजैबाट रेल सेवा नियमित रुपमा चलाउने सरकारको तयारी छ । नेपाल रेलवे कम्पनीका अनुसार जयनगरबाट जनकपुर र जनकपुरबाट जयनगर दैनिक दुई समय रेल गुड्नेछ । एकपटमा एउटा रेलमा १ हजार ३५० यात्रुले यात्रा गर्न सक्ने जनाइएको छ । दुइटा रेलमध्ये आलोपालो गरेर एक एकवटा चलाइने कम्पनीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *