प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता हुँदै

नयाँदिल्ली । तीन दिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार (आज) दिउँसो आफ्ना समकक्षी तथा भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीसँग भेटवार्ता गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री देउवा र मोदीबीच पूर्वनिर्धारित कार्यक्रम अनुसार हैदरावाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उक्त वार्तामा नेपाल र भारतीय पक्षबीचको प्रतिनिधिमण्डलस्तरीय छलफल हुनेछ ।

प्रधानमनत्री देउवाको सम्मानका लागि समकक्षी  मोदीले हैदरावादमा दिवाभोजसमेत आयोजना गर्ने कार्यक्रम रहेको छ ।
वार्तामा दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायातजस्ता विषयमा महत्वपूर्ण घोषणा हुने जनाइएको छ ।
त्यस्तै ३५ किलोमिटर लामो जयनगर–कुर्था रेलसेवा तथा भारत सरकारको सहयोगमा निर्मित सोलु करिडोर प्रसारण लाइनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि नेपालमा निर्माणाधीन १३२ वटा स्वस्थ्य सेवा केन्द्रको प्रगतिबारे दुवै प्रधानमन्त्रीले भिडियोमार्फत जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *