दिवंगत एमाले उपाध्यक्ष नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि हुँदै

काठमाडौं ! संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार हुँदैछ। आज बिहान बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गरिने भएको हो।

सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र आज सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ। साथै आज देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाल दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।

नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि दुई दिन पार्टी कार्यालय च्यासलमा राखिएकाे थियाे।

बालुवाटारबाट शवयात्रा निकालेर पशुपति आर्यघाटमा पुर्‍याइ नेम्वाङको अन्तिम संस्कार गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *