नेम्वाङको राजकीय सम्मानका साथ अन्त्यष्टि हुने, भोली देशभर सार्वजनिक विदा

काठमाडौं ! भदौ २८ गते बिहिबार देशभर सार्वजनिक विदा हुने भएको छ । सरकारले संविधानसभाका अध्यक्ष एवं नेकपा(एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्यष्टि हुने दिन विदा दिने निर्णय गरेको र उनको अन्त्यष्टि बिहिबार हुने भएकोले सो दिन देशभर सार्वजनिक विदा हुने भएको हो ।

नेकपा एमालेका अनुसार श्रद्धाञ्जली अर्पणका लागि नेम्वाङको पार्थिव शरीर आज बुधबार दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय, च्यासलमा राखिने छ । त्यसपछि पारिवारिक तथा धार्मिक संस्कारका लागि उनको पार्थिव शरीर बालुवाटारस्थित निवासमा राखिने छ । त्यहाँ नेम्वाङप्रति उनका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यहरूबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । नेम्वाङको अन्त्येष्टी भदौ २८ गते बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *