नेम्वाङको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने, मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौं ! मन्त्रिपरिषद्को आकष्मिक बैठक बस्दै छ। बैठकबाट आज निधन भएका संविधानसभाका अध्यक्ष एवं नेकपा(एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय हुने बताईएको छ ।

नेम्वाङको हृदयाघातबाट निधन भएको हो । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गएराति हृदयघात भएपछि  उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको बताईएको छ ।

उनीबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल, पार्टी अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायत पार्टी नेता अस्पताल पुगेका थिए । विसं २००९ फागुन २८ गते जन्मिएका नेम्वाङ नेपाली राजनीतिमा शालीन र सबैलाई मिलाएर जान सक्ने नेताकोरुपमा छवी बनाएका थिए ।

नेम्वाङको पार्थिव शरीर अहिले केहीबेरमा ललितपुरको च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ । उनका छोराहरु विदेशबाट फर्किएपछि बुधबार मात्र उनको अन्त्येष्टि हुने परिवारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *