एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष नेम्वाङको हृदयघातबाट निधन

काठमाडौँ ! नेकपा एमालेका उपाध्यक्ष एवं  संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ।

दुईपटक संविधानसभाको अध्यक्षसहित पाँचपटक सभामुख भएका नेम्वाङको मंगलबार हृदयघातका कारण निधन भएको हो।

राति १ बजेतिर हृदयघात भएपछि उनलाई शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको थियो। केहिबेरमा शिक्षण अस्पतालले उनलाई मृत घोषणा गरेको थियो। नेम्वाङको पार्थिव शरीर आज दिनभरी एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने जनाइएको छ। नेम्वाङका छोराहरु देशबाहिर रहेकाले उनको अन्त्योष्टी भने बुधवारमात्र गरिने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *