पूर्वमन्त्री श्रेष्ठको निधन

काठमाडाैँ । पूर्व-स्वास्थ्यमन्त्री प्रा.डा. मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि दम र छाती रोगका सङ्क्रमणको उपचारमा रहनुभएका मानवअधिकार क्षेत्रका अगुवा श्रेष्ठको आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको उहाँका छोरा डा जया श्रेष्ठले जानकारी दिए ।

वामपन्थी बुद्धिजीवी श्रेष्ठ चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *