बुद्ध एयरका संस्थापक सुरेन्द्रबहादुर बस्नेतको ९५ बर्षको उमेरमा निधन

काठमाडौँ ! बुद्ध एयरका संस्थापक सुरेन्द्रबहादुर बस्नेतको निधन भएको छ । बुद्ध एयरका संस्थापक कार्यकारी अध्यक्ष बस्नेतको ९५ वर्षको उमेरमा आइतबार निधन भएको हो ।

हवाई उडानलाई सहज र सरल बनाइ आम सर्वसाधारणका लागि खुला गर्ने श्रेय उनलाई नै जान्छ । ७० वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेर नेपाल र नेपालीलाई हवाई सेवामार्फत जोड्ने कार्यको सुरूवात उनले गरेका थिए । बुद्ध एयरले विज्ञप्तिमार्फत बस्नेतको निधनले असल अभिभावक गुमाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *