कलाकार जयनन्द लामाको असामहिक निधन

काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ ।

उनको बुधबार बिहान निधन भएको हो । हाँस्य टेलीश्रृंखला हल्का रमाइलोकी कलाकार अनिता बस्नेत (मास्टर्नी)का अनुसार बुधबार बिहान २ बजे आफ्नै घर अघि गाडीबाट ओर्लने क्रममा लडेर उनको निधन भएको हो ।

सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले एक सयभन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । उनले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *