आजको विदेशी मुद्राको विनिमय दररेट

काठमाडौं ! नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयद दर सार्वजनिक गरेको छ । जसअनुसार यो दिन एक अमेरिकी डलरको खरिद दर १३४.०६ रुपैयाँ छ भने बिक्री दर १३४.६६ रुपैयाँ छ ।

यसैगरी, यो दिन एक यूरोपियन यूरोको खरिद दर १४६।४१ रुपैयाँ छ भने बिक्री दर १४७.०६ रुपैयाँ छ ।त्यस्तै,अस्ट्रेलियन डलर एकको खरिद दर ८८.४७ रुपैयाँ छ भने बिक्री दर ८८.८७ रुपैयाँ छ ।

त्यसैगरी,बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१.०९ रुपैयाँ छ भने बिक्री दर १७१.८६ रुपैयाँ  छ । त्यस्तै साउदी रियाल एकको खरिद दर ३५.७२ रुपैयाँ छ भने बिक्री दर ३५.८७ रुपैयाँ छ । मलेशियन रिंगेट एकको खरिद दर ३०.०९ रुपैयाँ छ भने बिक्री दर ३०.२२ रुपैयाँ छ ।