काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७८ पैसा कायम भएको छ ।
यस्तै, युरो एकको खरिददर १४३ रुपैयाँ ३० पैसा र बिक्रीदर १४३ रुपैयाँ ९५ पैसा कायम भएको छ । यस्तै पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८५ पैसा कायम हुँदा अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४३ पैसा रहेको छ ।
यस्तैगरी, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६९ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।