यस्तो छ आजको विदेशी मुद्राको दररेट

काठमाडौं !  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा तोकिएको छ।

युरो एकको खरिददर १४५ रुपैयाँ २६ पैसा र बिक्री दर १४५ रुपैयाँ ५१ पैसा तोकिएको छ। आइतबार युरो एकको खरिददर १४४ रुपैयाँ ८६ पैसा र बिक्री दर १४५ रुपैयाँ ५१ पैसा थियो।

यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ८३ पैसा र बिक्री दर १६९ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको राष्ट्रबैंकले जनाएको छ।

आइतबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९८ पैसा र बिक्री दर १६८ रुपैयाँ ७३ पैसा थियो।

त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसा तोकिएको छ भने कुवेती दिनार १ को खरिददर ४३१ रुपैयाँ ७१ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ६६ पैसा तोकिएको छ।

बहराइन दिनार भने १ को खरिददर ३५२ रुपैयाँ १० पैसा र बिक्रीदर ३५३ रुपैयाँ ६९ पैसा तोकिएको छ।