यस्तो छ आजको विदेशी मुद्राको विनिमय दररेट

काठमाडौं !  नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

बैंकले आज पुस १३ गतेका लागि तय गरेको दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७७ पैसा र बिक्री दर १३३ रुपैयाँ ३७ पैसा पुगेको हो ।

यस्तै, युरो एकको खरिद दर १४७ रुपैयाँ ६७ पैसा र बिक्री दर १४८ रुपैयाँ ३३ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ८५ पैसा र बिक्री दर १७० रुपैयाँ ६१ पैसा रहेको छ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नूहोस् कुन देशको कति?