यस्तो छ आजको विदेशी मुद्राको विनिमय दररेट

काठमाडौं ! नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिदर १३३ रुपैयाँ १३ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ७३ पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४३ रुपैयाँ ७७ पैसा छ भने बिक्री दर १४४ रुपैयाँ ४२ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७ रुपैयाँ ३५ पैसा छ भने बिक्री दर १६८ रुपैयाँ ११ पैसा छ।

यसैगरी, अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ७३ पैसा छ भने बिक्री दर ८८ रुपैयाँ १२ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर ९८ रुपैयाँ १२ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ५६ पैसा छ।

सिंगापुर डलर १ को खरिद दर ९९ रुपैयाँ २९ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ७४ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ १७ पैसा छ भने बिक्री दर ९ रुपैयाँ २१ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ५७ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ६५ पैसा छ।

यस्तै, साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ४९ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ६५ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ५० पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ६६ पैसा छ। यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ २५ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ४२ पैसा छ।

मलेसियन रिङ्गिट १ को खरिद दर २८ रुपैयाँ ४२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५५ पैसा छ। साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ १७ पैसा छ भने बिक्री दर १० रुपैयाँ २२ पैसा छ।