यस्तो छ आजको विदेशी मुद्राको दररेट

काठमाडौं ! नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिदर १३३ रुपैयाँ ०८ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४५ रुपैयाँ ६२ पैसा छ भने बिक्री दर १४६ रुपैयाँ २७ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६६ रुपैयाँ ७७ पैसा छ भने बिक्री दर १६७ रुपैयाँ ५२ पैसा छ।

यसैगरी, अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ३९ पैसा छ भने बिक्री दर ८७ रुपैयाँ ७९ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर ९७ रुपैयाँ ०८ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ५२ पैसा छ।

सिंगापुर डलर १ को खरिद दर ९९ रुपैयाँ ५५ पैसा छ भने बिक्री दर १०० रुपैयाँ छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ०१ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ०५ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ६५ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ७३ पैसा छ।

यस्तै, साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ४८ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ६४ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ५१ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ६७ पैसा छ। यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ २३ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ४० पैसा छ।

मलेसियन रिङ्गिट १ को खरिद दर २८ रुपैयाँ ६० पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७३ पैसा छ। साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ २९ पैसा छ भने बिक्री दर १० रुपैयाँ ३३ पैसा छ।