यस्तो छ आजको विदेशी मुद्राको विनिमय दररेट

काठमाडौं ! नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

बैंकले आज मंसिर ५ गतेका लागि अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा पुगेको छ।

यस्तै, युरो एकको खरिद दर १४५ रुपैयाँ ३६ पैसा र बिक्री दर १४६ रुपैयाँ ०१ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ८७ पैसा र बिक्री दर १६६ रुपैयाँ ६२ पैसा रहेको छ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् कुन देशको कति?