यस्तो छ आजको विदेशी मुद्राको विनिमय दररेट

काठमाडौं ! नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

बैंकले आज कात्तिक ३० गतेका लागि अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसा तोकेको हो।

यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ २० पैसा र बिक्री दर १४४ रुपैयाँ ८५ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ४३ पैसा र बिक्री दर १६६ रुपैयाँ १८ पैसा रहेको छ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् कुन देशको कति?