यस्तो छ आजको विदेशी मुद्राको विनिमय दररेट

काठमाडौं !  नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ९२ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ५२ पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४० रुपैयाँ ५१ पैसा छ भने बिक्री दर १४१ रुपैयाँ १४ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६१ रुपैयाँ ८७ पैसा छ भने बिक्री दर १६२ रुपैयाँ ६० पैसा छ।

यसैगरी, अस्ट्रेलियन डलर १ को खरिद दर ८४ रुपैयाँ ५२ पैसा छ भने बिक्री दर ८४ रुपैयाँ ९१ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर ९७ रुपैयाँ ५२ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ५६ पैसा छ।

सिंगापुर डलर १ को खरिद दर ९७ रुपैयाँ १२ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ९६ पैसा छ। जापानी येन १० को खरिद दर ८ रुपैयाँ ८९ पैसा छ भने बिक्री दर ८ रुपैयाँ ९३ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ १८ पैसा छ भने बिक्री दर १८ रुपैयाँ २६ पैसा छ।

यस्तै, साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ४४ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ६० पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ४४ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ६१ पैसा छ। यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ १९ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ३५ पैसा छ।

मलेसियन रिङ्गिट १ को खरिद दर २८ रुपैयाँ ०७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ १९ पैसा छ। साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८३ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ८७ पैसा छ।