यस्तो छ आजको विदेशी मुद्राको विनिमय दररेट

काठमाडौं ! नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

बैंकले आज असोज १० गतेका लागि निर्धारण गरेको दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८८ पैसा र बिक्री दर १३३ रुपैयाँ ४८ पैसा पुगेको छ।

यस्तै, युरो एकको खरिद दर १४० रुपैयाँ ८५ पैसा र बिक्री दर १४१ रुपैयाँ ४८ पैसा रहेको छ र बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ९७ पैसा र बिक्री दर १६२ रुपैयाँ ७० पैसा रहेको छ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

हेर्नूहोस् कुन देशको कति?