यस्तो छ आजको विदेशी मुद्राको विनिमय दररेट

काठमाडौं ! नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार शुक्रबार अमेरिकी डलरको भाउमा सामान्य वृद्धि भएको छ । बिहीबार खरिददर १३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०८ पैसा कायम भएको अमेरिकी डलर शुक्रबार समान्य वृद्धि भएर खरिददर १३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रुपैयाँ १६ पैसा पुगेको छ ।
यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ३० पैसा तथा बिक्रीदर १४२ रुपैयाँ ९५ पैसा पुगेको छ । यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १६५ रुपैयाँ २५ पैसा र बिक्रीदर १६६ रुपैयाँ कायम भएको छ । यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा पुगेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *