यस्तो छ आजको विदेशी मुद्राको विनिमय दररेट

काठमाडौं ! नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज भदौ २५ का लागि बैंकले अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ४२ पैसा तय गरेको छ भने बिक्री दर १३३ रुपैयाँ ०२ पैसा निर्धारण गरेको छ।

युरो १ को खरिद दर १४१ रुपैयाँ ७० पैसा छ भने बिक्री दर १४२ रुपैयाँ ३४ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६५ रुपैयाँ ०९ पैसा छ भने बिक्री दर १६५ रुपैयाँ ८४ पैसा छ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८४ रुपैयाँ ४४ पैसा छ भने बिक्री दर ८४ रुपैयाँ ८२ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर ९७ रुपैयाँ ०७ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ५१ पैसा छ।

सिंगापुर डलर १ को खरिद दर ९७ रुपैयाँ ०१ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ४५ पैसा छ। जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९६ पैसा छ भने बिक्री दर ९ रुपैयाँ छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ०३ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ११ पैसा छ।

हेर्नुहोस् कुन देशको कति?

Leave a Reply

Your email address will not be published. Required fields are marked *