यस्तो छ आजको विदेशी मुद्राको विनिमय दररेट

काठमाडौं ! नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिदर १३१ रुपैयाँ ९२ पैसा र बिक्री दर १३२ रुपैयाँ ५२ पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४२ रुपैयाँ ६२ पैसा छ भने बिक्री दर १४३ रुपैयाँ २७ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६५ रुपैयाँ ९८ पैसा छ भने बिक्री दर १६६ रुपैयाँ ७३ पैसा छ।

यसैगरी, अस्ट्रेलियन डलर १ को खरिद दर ८४ रुपैयाँ ५५ पैसा छ भने बिक्री दर ८४ रुपैयाँ ९३ पैसा छ। क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ९९ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ४३ पैसा छ।

सिंगापुर डलर १ को खरिद दर ९७ रुपैयाँ २० पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ६४ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ छ भने बिक्री दर ९ रुपैयाँ ०४ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ०९ पैसा छ भने बिक्री दर १८ रुपैयाँ १७ पैसा छ।

यस्तै, साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ १६ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ३२ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ १९ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ३६ पैसा छ। यूएई दिराम १ को खरिददर ३५ रुपैयाँ ९२ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ०८ पैसा छ।

मलेसियन रिङ्गिट १ को खरिददर २८ रुपैयाँ ३४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४७ पैसा छ। साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९४ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९९ पैसा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *