यस्तो छ आजको विदेशी मुद्राको विनिमय दररेट

काठमाडौं !  नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर १ को खरिदर १३१ रुपैयाँ ९४ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ५४ पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४२ रुपैयाँ ३८ पैसा छ भने बिक्री दर १४३ रुपैयाँ ०२ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६६ रुपैयाँ ०६ पैसा छ भने बिक्री दर १६६ रुपैयाँ ८१ पैसा छ।

यसैगरी, अस्ट्रेलियन डलर १ को खरिद दर ८४ रुपैयाँ ७१ पैसा छ भने बिक्री दर ८५ रुपैयाँ ०९ पैसा छ। क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ १२ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ५६ पैसा छ।

सिंगापुर डलर १ को खरिद दर ९७ रुपैयाँ २८ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ७३ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ०३ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ०७ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ १० पैसा छ भने बिक्री दर १८ रुपैयाँ १८ पैसा छ।

यस्तै, साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ १७ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ३३ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ २० पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ३६ पैसा छ। यूएई दिराम १ को खरिददर ३५ रुपैयाँ ९२ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ०८ पैसा छ।

मलेसियन रिङ्गिट १ को खरिददर २८ रुपैयाँ ४४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५६ पैसा छ। साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९७ पैसा छ भने बिक्री दर १० रुपैयाँ ०२ पैसा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *