यस्तो छ आजको विदेशी मुद्राको विनिमय दररेट

काठमाडौं !नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकले आज अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ४३ पैसा र बिक्री दर १३३ रुपैयाँ ०३ पैसा निर्धारण गरेकाे छ।

युरो १ को खरिद दर १४४ रुपैयाँ ८० पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ४६ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ २३ पैसा छ भने बिक्री दर १६८ रुपैयाँ ९९ पैसा छ।

यसैगरी, अस्ट्रेलियन डलर १ को खरिद दर ८५ रुपैयाँ ७२ पैसा छ भने बिक्री दर ८६ रुपैयाँ १० पैसा छ। क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ १५ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ६० पैसा छ।

सिंगापुर डलर १ को खरिद दर ९७ रुपैयाँ ५८ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ०२ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ १० पैसा छ भने बिक्री दर ९ रुपैयाँ १४ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ १८ पैसा छ भने बिक्री दर १८ रुपैयाँ २६ पैसा छ।

यस्तै, साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ ३१ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ४७ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ३४ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ५१ पैसा छ। यूएई दिराम १ को खरिददर ३६ रुपैयाँ ०६ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ २२ पैसा छ।

मलेसियन रिङ्गिट १ को खरिददर २८ रुपैयाँ ५७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७० पैसा छ। साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९० पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९५ पैसा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *