काठमाडौं ! प्रहरीले सिरहामा स्रोत नखुलेको ८ लाख बढी रकमसहित १ जनालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी खिरौनाबाट प्रहरी सहायक निरीक्षक दुर्गाप्रसाद यादवको कमाण्डमा खटिएको टोलीले सिरहा नगरपालिका–१७ नेपाल–भारत सिमानाबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा ४८ वर्षीय संजिवकुमार साहलाई पक्राउ गरेको हो ।
बा१२प १६३७ नम्बरको मोरटसाइकलमा रहेका उनलाई शंका लागेर चेकजाँच गर्दा शरीरमा बेरिएर राखेको नेपाली रुपैयाँ २ लाख २ हजार, खल्तीबाट भारतीय रुपैयाँ ४६ हजार १०० र मोरटसाइकलमा लुकाएर राखेको नेपाली रुपैयाँ ६ लाख गरी जम्मा नेपाली रुपैयाँ ८ लाख ७५ हजार ७६० स्रोत नखुलेको रकम बरामद गरिएको छ । मोरटसाइकलसहित उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय ईटहरी पठाइएको प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्रराज पाण्डेले जानकारी दिए ।