यस्तो छ आजको विदेशी मुद्राको विनिमय दररेट

काठमाडौं !  नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

बैंकले शुक्रबार डलरको खरिद दर १३२ रूपैयाँ ०५ पैसा र बिक्री दर १३२ रूपैयाँ ६५ पैसा तोकेको छ भने युरो एकको खरिद दर १४५ रूपैयाँ ६० पैसा र बिक्री दर १४६ रूपैयाँ २६ पैसा तोकेको छ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ५६ पैसा र बिक्री दर १६९ रूपैयाँ ३३ पैसा रहेको छ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २३ पैसा र बिक्री दर ३६ रूपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

हेर्नूहोस् कुन देशको कति?

Leave a Reply

Your email address will not be published. Required fields are marked *