यस्तो छ आजको विदेशी मुद्राको विनिमय दररेट

काठमाडौं !  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकले आज अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ २५ पैसा र बिक्री दर १३२ रुपैयाँ ८५ पैसा निर्धारण गरेकाे छ।

युरो १ को खरिद दर १४५ रुपैयाँ ६२ पैसा छ भने बिक्री दर १४६ रुपैयाँ २८ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ६२ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ ३८ पैसा छ।

यसैगरी, अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ ८९ पैसा छ भने बिक्री दर ८७ रुपैयाँ २९ पैसा छ। क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ ८९ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ३४ पैसा छ।

सिंगापुर डलर १ को खरिद दर ९८ रुपैयाँ ७२ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ १७ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३३ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ३७ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ४४ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ५३ पैसा छ।

त्यस्तै, साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ २५ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ४१ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ३० पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ४६ पैसा छ। यूएई दिराम १ को खरिददर ३६ रुपैयाँ ०१ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ १७ पैसा छ।

मलेसियन रिङ्गिट १ को खरिददर २९ रुपैयाँ ०३ पैसा छ भने बिक्री दर २९ रुपैयाँ १७ पैसा छ। साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १४ पैसा छ भने बिक्री दर १० रुपैयाँ १८ पैसा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *