आजको विदेशी मुद्राको विनिमय दररेट

काठमाडौ ! नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिदर १३१ रुपैयाँ ३० पैसा छ भने बिक्री दर १३१ रुपैयाँ ९० पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४४ रुपैयाँ ६४ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ३० पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ७४ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ ५१ पैसा छ।

यसैगरी, अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ३१ पैसा छ भने बिक्री दर ८७ रुपैयाँ ७१ पैसा छ। क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँ ०६ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ५२ पैसा छ।

सिंगापुर डलर १ को खरिद दर ९८ रुपैयाँ ६३ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ०८ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३० पैसा छ भने बिक्री दर ९ रुपैयाँ ३४ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ३७ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ४५ पैसा छ।

यस्तै, साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ ०१ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ १७ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ०४ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ २१ पैसा छ। युएई दिराम १ को खरिददर ३५ रुपैयाँ ७५ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ९१ पैसा छ।

मलेसियन रिङ्गिट १ को खरिददर २८ रुपैयाँ ८३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९६ पैसा छ। साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३१ पैसा छ भने बिक्री दर १० रुपैयाँ ३६ पैसा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *