यस्तो छ आजको विदेशी मुद्राको विनिमय दररेट

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।  बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रुपैयाँ ३० पैसा र बिक्री दर १३१ रुपैयाँ ९० पैसा रहेकाे छ।

युरोपियन युरो एकको खरिद दर १४४रुपैयाँ ०८ पैसा र बिक्री दर १४४ रुपैयाँ ७४ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २९ पैसा र बिक्री दर १६९ रुपैयाँ ०६ पैसा रहेकाे छ।

यसैगरी, अस्ट्रेलियन डलर एकको खरिद दर ८७.३७ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.७७ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ २६ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७२ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

जापनिज येन १० को खरिदमा ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९ रुपैयाँ ४७ पैसा तथा दक्षिण कोरिया १०० को खरिदमा १० रुपैयाँ २७ पैसा र बिक्रीदर १० रुपैयाँ ३१ पैसा मूल्य तय गरिएको छ ।

यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०४ पैसा र बिक्री दर ३६ रुपैयाँ २१ पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१७ रुपैयाँमा तथा मलेसियन रिंगिट एकको खरिद दर २८.८३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.९६ रुपैयाँ र कवेती दिनार १ को खरिदमूल्य ४२७.४९ पैसा विक्रीदर ४२९.४४ पैसामा कारोबार गर्ने अनुमति दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *