भारतले दुई हजार रुपैयाँको नोट बजारबाट फिर्ता लिने

एजेन्सी ! भारतीय रिजर्भ बैंकले दुई हजार रुपैयाँको नोट बजारबाट फिर्ता लिने निर्णय गरेको छ । तर, नोटलाई अमान्य भने घोषित गरिएको छैन ।

बैंकले शुक्रबार जारी गरेको सूचनामा बजारमा रहेको दुई हजारको नोटलाई बैंकमा साट्न वा जम्मा गराउन भनिएको छ ।

देशैभरको कुनै पनि बैंकमा गएर नोटलाई बदल्न पाउने भनिएको छ । त्यसका लागि २३ मेबाट ३० सेप्टेम्बरसम्मको समय दिइएको छ । यस अवधिमा आफूसँग भएको दुई हजारको नोट बैंकमा जम्मा गरिसक्नुपर्ने छ । एक पटकमा १० वटा दुई हजारको नोट अर्थात २० हजार रुपैयाँ मात्रै साट्न पाइने व्यवस्था गरिएको छ ।

रिजर्भ बैंकले सन् २०१६ मा दुई हजारको नोट जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *