यस्तो छ आजको विदेशी विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

बैङ्कले आजका लागि तोकेको दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

त्यस्तै, आज बैंकले तय गरेको अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८५ पैसा र बिक्री दर १३१ रुपैयाँ ४५ पैसा पुगेको छ।

यस्तै, युरो एकको खरिद दर १३९ रुपैयाँ १५ पैसा र बिक्री दर १३९ रुपैयाँ ७८ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १५७ रुपैयाँ ५६ पैसा र बिक्री दर १५८ रुपैयाँ २९ पैसा रहेको छ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७२ पैसा र बिक्री दर ३५ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *