काठमाडौं ! नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रूपैयाँ ०३ पैसा कायम भएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १५५ रूपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रूपैयाँ ७३ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रूपैयाँ ६४ पैसा र बिक्रीदर १८२ रूपैयाँ ४४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रूपैयाँ ६७ पैसा र बिक्रीदर १६५ रूपैयाँ ४० पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ०७ पैसा र बिक्रीदर ८७ रूपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ २८ पैसा र बिक्रीदर ९८ रूपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ८१ पैसा र बिक्रीदर १०४ रूपैयाँ २६ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रूपैयाँ ५२ पैसा र बिक्रीदर नौ रूपैयाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७२ पैसा र बिक्रीदर १८ रूपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ४३ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५९ पैसा तोकेको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०७ पैसा र बिक्रीदर चार रूपैयाँ ०९ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ १४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ १९ पैसा र बिक्रीदर ३१ रूपैयाँ ३३ पैसा निर्धारण भएको छ ।
यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ४८ पैसा र बिक्रीदर नौ रूपैयाँ ५२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ०८ पैसा र बिक्रीदर १४ रूपैयाँ १४ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ७७ पैसा र बिक्रीदर २० रूपैयाँ ८६ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ५९ पैसा र बिक्रीदर १७ रूपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ९३ पैसा र बिक्रीदर ४४६ रूपैयाँ ८९ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ९५ पैसा र बिक्रीदर ३६३ रूपैयाँ ५४ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ९० पैसा रहेको छ । यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।