धनगढीमा नक्कली नाेट छाप्ने मेसिन सहित २ जना पक्राउ

धनगढी ! कैलालीको धनगढीमा नक्कली नोट छापिरहेको अवस्थामा २ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ८ बस्ने २१ वर्षीय रामदास राना र अनुराग राना पक्राउ गरेका हुन्।

नक्कली नोट छाप्ने मेसिनसहित उनीहरुलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय धनगढीले जनाएको छ। उनीहरुको साथबाट नक्कली १ हजारका २ नोट र अन्य नोट पनि बरामद गरिएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *