अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै स्थानीयले अत्तरियाको पद्मा अस्पतालमा तोडफोड

कैलाली । अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै स्थानीयले अत्तरियाको पद्मा अस्पतालमा तोडफोड गरेका छन् । शुक्रबार साँझ उपचारका लागि आएका एक बिरामीको अस्पतालमा मृत्यु भएको थियो ।

कैलालीकै गोदावरी नगरपालिका– ३ का ३८ वर्षीय विनोद कुमार बोहराको शुक्रबार साँझ उपचारकै क्रममा मृत्यु भएको हो । सो घटनापछि आक्रोशित स्थानीयले अस्पतालमा तोडफोड गरेका हुन् ।

डायरियाका बिरामीको अस्पतालले लापरबाही गर्दा मृत्यु भएको भन्दै मृतकका आफन्त र स्थानीयले अस्पतालमा तोडफोड गरेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक नवराज पोखरेलले जानकारी दिए ।

आक्रोशित स्थानीयले अस्पतालको एम्बुलेन्समा समेत तोडफोड गरेका छन् भने ढुंगामुढा प्रहार गरेर अस्पताल सिसाहरु फुटाइदिएका छन् । प्रहरी अश्रु ग्यास समेत प्रहार गरेर स्थिति नियन्त्रणमा लिन सफल भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *