पर्साबाट हुण्डी कारोबार गर्ने १ जना पक्राउ

काठमाडौं ! पर्साको प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले ८ लाख रकमसहित हुण्डी कारोबार गर्ने १ जनालाई पक्राउ गरेको छ ।

भारतको रक्सौलबाट वीरगञ्जतर्फ आइरहेको ना२८प ९००८ नम्बरको मोटरसाइकल खानतलासी गर्दा स्रोत नखुलेको ८ लाख रुपैयाँ फेला पारी बरामद गरिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । प्रहरीले रकमसँगै बाराको प्रसौनी गाउँपालिका–२ बस्ने ३३ वर्षीय सुनिलकुमार साहलाई समेत पक्राउ गरेको छ । उनले हेलमेटभित्र १००० दरका ८०० थान नोट लुकाएका थिए ।

प्रहरीले साहलाई मोटरसाइकल र नगदसहित नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विरुद्वको कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिन थुना अनुमति लिई अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *