बाजुराका चेतन अयडीको हत्यामा संलग्न मुख्य आरोपी पक्राउ

धनगढीः  गत मंसिर ४ गते भएको प्रतिनिधिसभाको मतदानका क्रममा हत्या गरिएका  बाजुराको त्रिवेणी नगरपालिका ७ मालाकोटका ३२ वर्षीय चेतनदिप अयडीको हत्याका मुख्य अभियुक्त रनसिंह अयडी पक्राउ परेका छन्।

चेतनको हत्या भएको करिव छ महिना पछि हत्यारा पक्राउ परेका हुन्। उनी नेपाली काँगे्रसका स्थानीय नेता हुन्। उनलाई बिहीबार  अनेरास्ववियु र राष्ट्रिय युवा संघको टोलीले धनगढीको एक घरमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेर प्रहरीलाई बुझाएको हो। प्रतिनिधिसभाको मतदानका क्रममा भएको विवादलाई लिएर राति घरमा आक्रमण गरेर चेतन अयडीलाई कांग्रेसका कार्यकताले कुटपिट गर्दा मृत्यु भएको थियो।चेतन नेकपा एमाले सम्बद्ध अनेरास्ववीयु सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष समेत थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *