रेशम चौधरीलाई आममाफी नदिन राष्ट्रपति कार्यालयमा पीडितको निवेदन

काठमाडौं ! रेशम चौधरीलाई आममाफी नदिन टीकापुर घटनाका पीडितले राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गरेका छन्। उक्त घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराको धर्मपत्नी शारदा कडायत बोहराले शुक्रबार राष्ट्रपति कार्यालयमा निवेदन दिएकी हुन्। सरकारले आगामी सोमबार गणतन्त्र दिवसका अवसरमा चौधरीलाई माफी मिनाहा दिने तयारी सुरु गरेको छ।सरकारले तयारी थालेको खबर बाहिरिएसँगै बोहरा निवेदन लिएर राष्ट्रपति कार्यालय पुगेकी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *