टोप बहादुर रायमाझी बुढानिलकण्ठबाट पक्राउ

काठमाडौं ! नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लगेको प्रकरणमा फरार रहेका पुर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव तोपबहादुर रायमाझि पक्राउ परेका छन्। प्रतिनिधिसभा सदस्य रहेका रायमाझीलाई आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट नियन्त्रणमा लिइएको गृह मन्त्रालय स्रोतले जनाएको छ।

गत बैशाख २० गते पक्राउ पुर्जी जारी गरिएपनि रायमाझी आज ११ औं दिनको दिनमा बल्ल पक्राउ परेका हुन्। पक्राउ पुर्जी जारी भएपछि अर्घाखांचीको एक सार्वजनिक कार्यक्रममा सामेल भएर बुटवल आएका रायमाझि त्यसयता फरार थिए। रायमाझि भारत वा विदेशमा रहेको आशंका गरिएको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीका छोरा सन्दिप रायमाझि यस अघि नै भैरहवाबाट पक्राउ परिसकेका छन्।

यस अघि तत्कालिन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड, तत्कालिन गृहसचिव टेक नारायाण पाण्डे लगायत दर्जनौंलाई पक्राउ गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *