शरणार्थी प्रकरणमा पूर्वसभासद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

पूर्वसभासदसमेत रहेका रामेछापका शेर्पाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार शेर्पाले अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरुबाट रकम असुलेको आरोप छ। साथै उनले यस प्रकरण सार्वजनिक भएपछि आरोपी सानु भण्डारीलाई थुनामा नै गएर भेटेको तथ्य फेला परेपछि उनलाई पक्राउ गर्नुपर्ने आधार बलियो भएको प्रहरीले स्रोतको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *