नक्कली भुटानी शरणार्थी प्रकरण : आरोपित काङ्ग्रेस नेता खाँड पक्राउ

काठमाडौं ! नेपाल कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खांड पक्राउ परेका छन् । प्रहरीले आज बिहान उनलाई उनकै निवासबाट पक्राउ गरेको हो ।

काठमाडौँ प्रहरी परिसर प्रमुख एसएसपी दाङबहादुर कार्कीले उनलाई पक्राउ गरिएको पुष्टि गरेका छन् ।हाल उनलाई काठमाडौँ प्रहरी परिसरमा राखिएको छ ।

नक्कली भुटानी शरणार्थी बनाएर ठगि प्रकरणमा उनको पनि संलग्नता देखिएपछि प्रहरीले आज बिहान उनलाई पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *