भुटानी शरणार्थी अमेरिका पठाउने खेलोमा मुछिएका उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

काठमाडौं ! उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई नक्कली शरणार्थी बनाइ अमेरिका पठाउने गैरकानुनी कार्य गरी करोडौँ असुल गर्ने कार्यमा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सिताराम रिजालले पक्राउ पुर्जी जारी गरेपछि उनी आफैँ सम्पर्कमा आएका बताए । उनका अनुसार उनीमाथि शरणार्थीलाई अमेरिका पठाएर रकम असुल धन्दामा थप अनुसन्धान जारी रहेको छ।

अहिले पाण्डेलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको छ । प्रहरीले बुधबार उनलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।

उनी गत वर्ष  गृह मन्त्रालयको सचिव थिए । मन्त्रालयको सचिव भएकै अवस्थामा नक्कली शरणार्थी प्रकरण र गिरोहसँगको साँठगाठमा उनी मुछिएका थिए । प्रहरी श्रोतका अनुसार गिरोहसँग रकम लेनदेनमा उनीसमेत मुछिएका छन् । यसअघि पक्राउ परेकाहरुले  उनको नाम पनि पोलेका जनाइएको छ ।

यसअघि प्रहरीले मङ्गलबार तत्कालिन गृहमन्त्री रामबहशादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाईसमेत पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *