सर्लाहीबाट नक्कली नोटसहित एक युवा पक्राउ

काठमाडौं ! सर्लाहीमा नक्कली नोटसहित एक युवा पक्राउ परेका छन ।

सर्लाही प्रहरीले पौने ३ लाख रुपैयाँ नक्कली नोटसहित बलरा नगरपालिका–५ अर्नाहाका ३० वर्षीय रामप्रसाद रायलाई पक्राउ गरेको हो ।

बरहथवा नगरपालिका–१७ स्थित बागमती सिँचाइ नहरमा नक्कली नोट लिएर हिडिरहेको अवस्थामा रायलाई पक्राउ गरिएको सलार्ही प्रहरीका डिएसपी तथा प्रवक्ता डीएसपी कैलाश राईले जानकारी दिए। उनका अनुसार  पक्राउ रायका साथवाट १ हजारका २ लाख ६८ हजार रुपैयाँ नक्कली नोट बरामद गरिएको हो ।

प्रहरीले राय सवार भारतीय नम्बर प्लेटको बीआर ३० एम ३८२५ नम्बरको मोटरसाइकलसहित अर्को भारतीय नम्बर प्लेटको गरी दुईवटा मोटरसाइकल पनि बरामद गरेको छ । न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *