प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने तीन जना जेल चलान

काठमाडौं ! प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी गर्ने तीन जना जेल चलान भएका छन् । जिल्ला प्रशासन कार्यालयले उनीहरूसँग अभद्र व्यवहार कसुरमा ५ हजार रुपैयाँ धरौटी माग गरेको थियो । तर, धरौटी नतिरेपछि उनीहरू जेल चलान भएका हुन् ।

गत मंगलबार सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बागलुङका ३० वर्षीय सोम शर्मालाई बानेश्वरमा प्रधानमन्त्री प्रचण्ड सहभागी एक कार्यक्रममा उनीविरुद्ध नाराबाजी गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेर अभद्र व्यवहार मुद्दा चलाएको थियो ।

प्रहरीले धरौटी नबुझाएका कारण उनीहरू जेल चलान भएको जानकारी दिएको छ । उनीहरूलाई केन्द्रीय कारागार पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *